साफ यू-२० च्याम्पियनिसप : नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

श्रावण १, २०८२ |कान्तिपुर टीभी संवाददाता
साफ यू-२० च्याम्पियनिसप : नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । साफ महिला अन्डर ट्वान्टी च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल श्रीलङकामाथि लगातार दोस्रो पटक फराकिलो जित हात पार्ने लक्ष्यमा हुनेछ । यसअघि मंगलबार भएको पहिलो लेगमा नेपालले श्रीलङकालाई सात-शून्य गोलले पराजित गरेको थियो । वर्षा प्रभावित सो खेलमा नेपालका लागि मिना बुढाले ह्याट्रिक गरेकी थिइन् । नेपाल तीन खेलबाट ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ । 

शीर्ष स्थानमा रहेको घरेलु टिम बंगलादेशको तीन खेलबाट नौ अंक छ । नेपालले लिगको पहिलो चरणमा भुटान र श्रीलङकालाई पराजित गर्दा बंगलादेशसँग तीन-दुई गोलको हार बेहोरेको थियो । बंगलादेशसँग दुई-शून्यले पछि परेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै बराबरी गरेको थियो । तर इन्जुरी समयमा एक गोल खाएपछि तीन अक गुमाएको हो । तालिकाको शीर्ष स्थानमा रहने टिम विजेता बन्नेछ । 

आज जीत हात पारे नेपालले बंगलादेशमाथि दबाब बनाउनेछ । नेपाल र बंगलादेशबीच हुने लिगको अन्तिम खेल फाइनलसरह हुनेछ । ढाकास्थित बसुन्धारा किंग एरिनामा नेपाल र श्रीलङकाबीचको खेल नेपाली समय अनुसार साँझ पौने सात बजे सुरु हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.