काठमाडौं । एन्फा अन्डर सिक्सिटन लिग अन्तर्गत बिहिबारको खेलमा हिमालयन शेर्पा र एनआरटी क्लबले जित निकालेका छन्। आजै भएको अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लबले मछिन्द्र क्लबसाग १-१ गोलको बराबरी खेलेका छन्।
आजको पहिलो खेलमा हिमालयन शेर्पाले जावलाखेल युथ क्लबलाई ३-२ ले हराएको हो। शेर्पाको जितमा सबिन बिशुङ्खेले दोहोरो गोल गरेका थिए। तर जवलाखेलका लागि विशाल शाहीले अग्रता बनाएका थिए।
उनले ११ मिनेटमा अर्को गोल गरेका थिए। दुई गोलले पछि परेको अवस्थामा शेर्पाका लागि सबिनले गोल गरे। सबिनले ४३औं मिनेटमा दोस्रो गोल गरेपछि खेल दुई दुईको अवस्थामा पुग्यो। त्यसैगरी, अभी राईले ८४औं मिनेटमा गोल गरेसागै खेल हिमालयन शेर्पाको पक्षमा गएको हो। लिगमा शेर्पाको दोस्रो जित हो भने जावलाखेलको दोस्रो हार हो।
आजको दोसो खेलमा भने मछिन्द्रका मदन आले मगरले आत्मघाति गोल गरेपछि मनाङ मस्र्याङ्दी क्लब हारबाट जोगिएको छ। मछिन्द्रका लागि करण धामीले तेस्रो मिनेटमा नै मछिन्द्रलाई अग्रता दिलाएका थिए। तर ७१औं मिनेटमा पदमले आत्मघाति गोल गरेपछि खेल बारबरीमा समाप्त भएको हो।
यसअघिका दुवै खेलमा जित निकालेका मनाङ र मछिन्द्रको तीन खेलबाट सात अंक भएको छ। आजको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब एनआरटीसँग ३-१ ले पराजित भयो।
आर्मीका लागि सोहित वाइवाले २९औं मिनेटमा अग्रता बनाए पनि टिमलाई हारबाट जोगाउन सकेनन्। यता एनआरटीलाई पुनरागमन गराउनका लागि सुगम रानाले दोहोरो गोल गरे भने सुनिल घर्ती मगरले एक गोल फर्काए। लिगमा एनआरटीको यो पहिलो जितसमेत हो।