भारतीय मिनि ट्रक त्रिशुली नदि किनारमा खस्दा दुई जना घाइते

असार ३२, २०८२ |राजु चौधरी
भारतीय मिनि ट्रक त्रिशुली नदि किनारमा खस्दा दुई जना घाइते

चितवन। नारायणघाट-मुग्लिङ सडक खण्ड अन्तरगत भरतपुर-२९ सिमलतालबाट भारतीय मिनि ट्रक त्रिशुली नदि किनारमा खस्दा दुई जना घाइते भएका छन् । मङ्गलबार राती भारतबाट काठमाडौ तर्फ आई रहेको UP 32 ZN 7883 नम्बरको मेवा लोड गरेको भारतिय मिनि आईचर ट्रक आफै अनियन्त्रित भई सडक देखि ८० मिटर तल त्रिशुली नदी किनारामा खसेको थियो । 

दुर्घटनामा ट्रक चालक भारत लखनउ बस्ने बर्ष २१ का आशिक यादव र सह-चालक सोही स्थान बस्ने बर्ष २० को उत्तर सिंह घाइते भएको प्रहरीले जनाएको छ । दुबै जनाको भरतपुरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।