चलचित्र विकास बोर्डका अध्यक्ष डिसी सहितको प्राविधिक टोली काभ्रेमा

असार ३२, २०८२ |पुजन धिताल
चलचित्र विकास बोर्डका अध्यक्ष डिसी सहितको प्राविधिक टोली काभ्रेमा

काभ्रे।  धुलिखेल नगरपालिका–८ कटुवा पाखास्थित करिब १३ सय रोपनी क्षेत्रफलमा निर्माणाधीन “फिल्म सिटी” को स्थलगत निरीक्षण चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी नेतृत्वको प्राविधिक टोलीले मंगलवार गरेको छ ।

निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष डीसीले “फिल्म सिटी अब सपना मात्र होइन, कार्यान्वयनको चरणमा प्रवेश गरिसकेको छ” भन्दै यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै नेपाली फिल्म उद्योगको पहिचान उचो बनाउने बताउनुभयो । “धुलिखेल नगरको पहल, फिल्म विकास बोर्डको संकल्प र स्थानीयको साथमा यो परियोजना छिट्टै निर्माण सम्पन्न गरी प्रयोगमा ल्याउने हाम्रो लक्ष्य छ ।” अध्यक्ष डिसीले बताउनुभयो ।

परियोजनाकोलागि नगरपालिका र चलचित्र विकास बोर्डबीच प्रारम्भिक समझदारीपत्र (MoU) भइसकेको छ भने विस्तृत परियोजना प्रतिवेदन (DPR) निर्माणको तयारी भइरहेको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।