सप्तरी । सप्तरी प्रिमियर लिगको सातौं संस्करण बिहीबारदेखि राजविराजमा सुरू भएको छ ।
पबि माविको मैदानमा भएको उद्घाटन खेलमा राजविराज राजदेवी रोयलले कञ्चनपुर राइनोजलाई ३७ रनले पराजित गर्दै विजय यात्रा सुरू गरेको छ।
टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित १५ ओभरको खेलमा ५ विकेट गुमाउँदै राजविराजले १ सय २० रन बनायो । उसका लागि दिवान पुनले २६ बलमा ४१ रन बनाए भने सदाम आलम नटआउट २१ रनको योगदान दिए । यस्तै रोहन विकले १८ र प्रवीण यादवले १५ रन बनाए ।
१ सय २१ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको कञ्चनपुर राइनोज १५ ओभरमा ६ विकेट गुमाएर ८३ रनमै समेटियो । उसका लागि रौनक सिंहले २५, प्रवीण भुजेल १९ र महानन्द यादवले ११ रन बनाए ।
दोस्रो खेलमा बजाज खडक वारियर्सले रूपनी रायर्डसलाई २६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको खडक वारियर्सले निर्धारित २० ओभरको खेलमा १ सय ३७ रन बनायो । खडकका लागि अनिलकुमार यादवले ४४, पप्पु यदवले ए ले नटआउट १९, सन्तोष कार्कीले ११ तथा गोपाल मण्डलले १० रनको योगदान दिए ।
१ सय ३८ रनको विजय लक्ष्य पछ्याएको रूपनी १८ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ११ रनमै समेटियो । रूपनीका लागि इमरान शेखले ४०, महेश माझीले २३ र बिक्की चौधरीले १४ रनको योगदान दिए ।