एजेन्सी । दुई पटकका साविक विजेता कार्लोस अल्कारेज विम्बल्डनको क्वाटरफाइनल प्रवेश गरेका छन् । विश्व नम्बर दुइ अल्कारेजले, राउन्ड अफ सिक्सटिनमा रुसका आन्द्रे रुवलेभलाइ चार सेटमा पराजित गरेका हुन् । सेन्टर कोर्टमा भएको खेलमा स्पेनिस अल्कारेज, एक सेटले पछि स्थिती बाट खेलमा फर्किउका हुन् । १४ औं वरियता प्राप्त रुवलेभले पहिलो सेट टाइब्रेकरमा ७–६ ले जितेका थिए ।
तर बांकी सेटमा २२ वर्षिय अल्कारेजले उत्कृष्ट पुनरागमन गरे । फ्रेन्च ओपनको उपाधी रक्षा गर्दै अल इङल्यान्ड क्लबमा सहभागी भएका अल्कारेजले दोस्रो सेट ६–३ ले आफ्नो पक्षमा पार्दै खेल एक एक सेटको बराबरीमा पुर्याएका थिए ।
उच्च फर्ममा रहेका रुवलेभले , अल्कारेजलाइ रोक्न सकेनन् । तेस्रो सेट उनले ६–४ ले जितेका थिए । चौथो सेटमा रुवलेभलाइ ६–४ ले नै पराजित गरेपछि अल्कारेज अन्तिम आठमा स्थान बनाउन सफल भए । यो वर्ष पुरुष एकलमा शीर्ष २० मा रहेका खेलाडी बीच भएको यो पहिलो प्रतिस्पर्धा हो । अल्कारेज र रुवलेभ बीचको खेल दुइ घन्टा ४३ मिनेट सम्म चलेको थियो । टुर लेभलमा अल्कारेजको यो लगातार २२ औं जीत हो ।
अब उनले ग्रेट ब्रिटेनका क्यामरुन नोरी संग प्रतिस्पर्धा गर्नेछन् । नोरीले चिलियन क्वालिफायर निकलस जारीलाइ पांच सेटमा पराजित गरेका हुन् । उनले ६–३, ७–६, ६–७, ६–७, ६–३ को कठिन जीत हात पारेका हुन् । उनी च्याम्पियनसिपको क्वाटरफाइनल पुगेको यो दोस्रो पटक हो ।