फिफा क्लब विश्वकप : रियाल मड्रिड सेमिफाइनलमा प्रवेश

असार २२, २०८२ |खेल ब्युरो
फिफा क्लब विश्वकप : रियाल मड्रिड सेमिफाइनलमा प्रवेश

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिड फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा जर्मन टोली बोरूसिया डर्टमन्डविरूद्धको रोमाञ्चक खेलमा ३-२ को जित निकाल्दै रियालले अन्तिम ४ को यात्रा तय गरेको हो ।

यससँगै क्लब विश्वपको सेमिफाइनल समिकरण पनि पुरा भएको छ । रियालले अब फाइनल प्रवेशका लागि पेरिस सेन्ट जर्मेन-पीएसजीसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको १०औं मिनेटमा गोन्जालो गार्सियाले गोल गर्दै रियाललाई सुरूआती अग्रता दिलाएका थिए । यो जारी प्रतियोगितमा उनको चौथो गोल थियो । त्यसको १० मिनेटपछि फान गार्सियाले ट्रेण्ट अलेक्ज्यान्डर-आर्नोल्डको पासमा दोस्रो गोल थपे ।

२-० को सहज अग्रता लिएको रियाललाई दोस्रो हाफको अतिरिक्त समयमा म्याक्सिमिलयनको गोलले झस्कायो । इन्जुरी टाइमको चौंथो मिनेटमा किलियन एम्बाप्पेले उत्कृष्ट भलि गोल गर्दै अग्रता पुनः ३-१ मा पुर्‍याए ।

लगत्तै डिन हुइ-सेनले बक्स भित्र फाउल गरेपछि उनी रातो कार्ड बेहोर्दै मैदानबाट बाहिरिए । पेनाल्टीमा डर्टमन्डका गुइ-रासीले गोल गर्दै खेललाई ३-२ को अवस्थामा फर्काए । तर समय सकिँदा रियालले रोमाञ्चक जित सुरक्षित गर्यो ।

रियालले अब सेमिफाइनलमा बुधबार राति पीएसजीको सामना गर्नेछ । मंगलबार राति हुने पहिलो सेमिफाइनल खेलमा चेल्सी र फ्युमिनेन्स प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल आगामी आइतबार राति खेलिने छ ।