काठमाडौं । विम्बल्डनअन्तर्गत आजको पहिलो खेलमा करेन क्याचिनोले पोल्यान्डका कामिल माहिक-जकलाई पराजित गरेका छन् । कोर्ट टुमा भएको खेलमा करेनले सोझो सेटमा जित निकालेका हुन् ।
यो जितसँगै करेन विम्बल्डनको क्वार्टरफाइनलमा प्रवेश गर्ने पहिलो खेलाडी बनेका छन् । उनले पहिलो सेटमा ६-४ को जित निकालेका थिए । उनले १० मध्ये ६ ब्रेक पोइन्ट कलेक्ट गरेका थिए । खेलको दोस्रो सेटमा ६-२ को जित निकालेका उनले तेस्रो सेटमा ६-२ को सहज जितसाथ खेल समाप्त गरेका हुन् । विश्व नम्बर ८ का उनले अब क्वार्टरफाइनलमा पर्सि टेलर फिट्र्जसँग सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।
आजै भएको अर्को खेलमा, विश्व नम्बर चार टेलर फिट्र्जले वाकओभर पाएका छन् । खेलको पहिलो सेटमा टेलरले जोर्डन थोम्सनमाथि ६-१ को फराकिलो जित निकालेका थिए । त्यसैगरी, दोस्रो सेटमा टेलरले ३-० को अग्रता बनाएको अवस्थामा थम्सनले वाकओभर दिएका हुन् ।
यस्तै आज राति १० बजे हुने खेलमा कार्लोस अल्काराजले एन्डी रुभलेभको सामना गर्नेछन् । सेन्टर कोर्टमा हुने यो प्रतिस्पर्धा विश्व नम्बर २ अल्काराज र विश्व नम्बर १४ रुभलेभको भिडन्त भएकाले यो खेल दिनको सबैभन्दा रोमाञ्चक हुने अनुमान गरिएको छ ।