सिन्नर विम्बलडनको चौथो चरणमा प्रवेश

असार २२, २०८२ |खेल ब्युरो
सिन्नर विम्बलडनको चौथो चरणमा प्रवेश

काठमाडौं । विश्व नम्बर एक यानिक सिन्नर पनि विम्बलडनको चौथो चरणमा प्रवेश गरेका छन् ।

सानदार लयमा रहेका सिन्नरले स्पेनका पेड्रो मार्टिनेजलाई ६-१, ६-३, ६-१ को सोझो सेटमा हराउँदै अन्तिम १६ मा लगातार चौथो पटक स्थान सुरक्षित गरेका हुन् ।

पेड्रो मार्टिनेजले सुरुवातमा केही प्रतिरोध गरे पनि सिनरको तीव्रता र सटीक प्रहारको अगाडि टिक्न सकेनन्। सिनरले २२ महिनाको अवधिमा १ सय २५ मध्ये मात्र ११ खेल हारेका छन् ।

२३ वर्षीय इटालियन खेलाडीले हालसम्मको प्रतियोगितामा कुनै पनि सेट गुमाएका छैनन् र नौ सेटमा जम्मा १७ गेम गुमाएका छन् । अहिलेसम्म उनको सर्भिससमेत कसैले तोड्न सकेका छैनन् ।

सिन्नरले अब चौथो चरणमा १९औं वरियता प्राप्त ग्रिगोर डिमिट्रोभसँग प्रतिस्पर्धा गर्नेछन् ।