स्रोत नखुलेको रकमसहित राउत पक्राउ

असार १९, २०८२ |राजेश्वर पाण्डे
स्रोत नखुलेको रकमसहित राउत पक्राउ

रौतहट । सशस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख पचास हजार नगदसहित राष्ट्रिय अनुसन्धानको पूर्व कर्मचारीलाई पक्राउ गरेको छ । 

रौतहटको सशस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख पचास हजार नगदसहित राष्ट्रिय अनुसन्धानको पूर्व कर्मचारीलाई पक्राउ गरेको हो । गत मंगलबार दिउँसो सशस्त्र प्रहरीको टोलीले पूर्व कर्मचारी जितेन्द्र राउतलाई जिल्लाको गौर भन्सार कार्यालय अगाडीबाट स्रोत नखुलेको दुई लाख पचास हजार नगदसहित सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ बीआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा सबार राउतलाई गौर भन्सारमा खटिएका सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा नगद बरामद गरेका थिए । 

हेलमेट भित्र लुकाएर रकम ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरी बल नम्बर ११ गणले जनाएको छ । बरामद नगदसहित राउतलाई आवश्यक कारबाहीका लागी भन्सार कार्यालय गौर पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।