काठमाडौ। शिक्षाका क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका प्रा. शङ्करराज पाठकलाई यस वर्षको आदिकवि भानुभक्त पुरस्कार प्रदान गरिने भएको छ।
नेपाली शिक्षा परिषद्को अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको प्रबन्ध समितिको बैठकले पुरस्कार दिने निर्णय गरेको हो। परिषद्ले यो पुरस्कार २०५२ सालदेखि हरेक वर्ष प्रदान गर्दै आएको छ।
पुरस्कार असार २९ गते, आदिकवि भानुभक्तको २१२ औँ जयन्तीको अवसरमा प्रदान गरिनेछ। सो दिन बिहान रानीपोखरीस्थित भानु मा.वि. अगाडि रहेको भानुभक्तको शालिकमा माल्यार्पण गरिनेछ भने अपरान्ह लेखनाथ साहित्य सदन, सोह्रखुट्टेमा विशेष कार्यक्रम गरी पुरस्कार प्रदान गरिनेछ।
पुरस्कारको राशी रु. १ लाख २५ हजार रहेको छ।