गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आइतबार प्रदेश सभामा आर्थिक वर्ष २०८२/०८३ को आय व्ययको अनुमान प्रस्तुत गर्नुहुँदै आर्थिक मामिलामन्त्री टकराज गुरूङले चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख र पुँजीगततर्फ १९ अर्ब ९ करोड ३३ लाख विनियोजन गरिएको जानकारी दिनुभयो । व्यवसायीक कृषिका लागि बजेटमा ८ करोड छुट्याइएको छ ।
संघीय सरकारको दबाबपछि राइड सेयरिङ कानुन निलम्बन गर्न बाध्य भएको गण्डकी सरकारले बजेट वक्तव्यमा स्वदेशी एपलाई प्राथमिकता दिई यात्रुलाई सुरक्षाको प्रत्याभूति गर्न राइड सेयरिङ र सेल्फ ड्राइभिङलाई प्रभावकारीरूपमा नियमन र व्यवस्थापन गरिने उल्लेख गरेको छ । त्यस्तै प्रदेशमै लाइसेन्स छपाइ गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।