सुदूरपश्चिमको बजेटमा अधिकांश पुरानै कार्यक्रम, प्रत्यक्ष निर्वाचित संसद्लाई ५ र समानुपातिकलाई ३ करोड दिइने

असार १, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिमको बजेटमा अधिकांश पुरानै कार्यक्रम, प्रत्यक्ष निर्वाचित संसद्लाई ५ र समानुपातिकलाई ३ करोड दिइने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले प्रत्यक्ष प्रदेश सभा सदस्यलाई ५ करोड र समानुपातिकलाई ३ करोड दिन घोषणा गरेको छ ।

आइतबार साँझ बसेको प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान पेस गर्नुहुँदै सुदूर पश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले प्रदेश सांसदलाई निर्वाचन क्षेत्रको विकासका लागि बजेट दिइएको बताउनुभएको हो ।

सुदूरपश्चिम सरकारले पुरानै कार्यक्रम र अधुरा आयोजना सम्पन्न गर्नेगरी बजेट विनयोजन गरेको छ । कृषिलाई प्राथमिकतामा राखिएको बजेटमा कृषि क्षेत्रको उत्थान र युवा कृषक प्रोत्साहनमुखी कार्यक्रम राखिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.