मधेश सरकारको बजेटमा रोजगारमुखी कार्यक्रम

कृषिलाई मजबुत बनाउन प्रत्येक वडामा एकजना महिला कृषि स्वयमसेविका
असार १, २०८२ |कान्तिपुर टीभी संवाददाता
मधेश सरकारको बजेटमा रोजगारमुखी कार्यक्रम

जनकपुर । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजार को बजेट सार्वजनिक गरेको छ ।

आइतबार प्रदेश सभामा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुहुँदै मधेश प्रदेशका अर्थमन्त्री सुनीलकुमार यदवले चालु खर्चतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको जानकारी दिनुभयो । 

त्यस्तै पुँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको छ । मधेश सरकारले पनि बजेटमा कृषि र पर्यटनलाई नै प्राथमिकतामा राखेको छ। गाउँगाउँमा रोजगारी बढाउन बजेटमार्फत कृषिलाई मजबुत बनाउँदै प्रत्येक वडामा एकजना महिला कृषि स्वयमसेविका राख्ने घोषणा गरिएको छ। 

मधेश प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा दुई दर्जनभन्दा बढी नारा समावेश गरेको भए पनि तिनलाई कार्यान्वयनमा लैजानेगरी बजेट भने विनियोजन गर्न चुकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.