काठमाडौं । विश्वकप छनाेट अन्तर्गतकै अर्को खेलमा इटालीले मोल्डोभा माथि २-० गोलको जित हात पारेको छ । राष्ट्रिय टिमको प्रशिक्षकका रूपमा लुसियानो स्पालेटीको यो अन्तिम खेल हो ।
घरेलु मैदानमा गएराती भएको खेलमा इटालीले ४०औं मिनेटमा जाकोमो रस्पाडोरीको गोलमार्फत् अग्रता लिएको थियो । पहिलो हाफमा इटाली १-०ले अघि रहन सफल भयो ।
५०औं मिनेटमा आन्द्रेया काम्बियासोले टिमका लागि दोस्रो गोल थपे । बाँकी समयमा मोल्डोभालाई पुनरागमन गर्न सकेन र इटाली अंकको खाता खोल्न सफल भयो । इटालीको दुइ खेलबाट तीन अंक भएको छ ।
मोल्डोभा तीन खेलमा जित विहिन छ । अर्को खेलमा क्रोएशियाले चेकियालाइ ५-१ खेलले हरायो । घरेलु टिम क्रोएशियाका लागि ४२औं मिनेटमा आन्द्रेख क्रामारिचले पहिलो गोल पहिलो गोल गरेका थिए ।
५८औं मिनेटमा चेकियाका थोमस सुचेकले बराबरी गोल फर्काएका थिए । तर आक्रमक क्रोएशियाले बाँकी समयमा चार गोल थप्यो । ६२औं मिनेटमा लुका मोड्रिचले पेनाल्टिमा गाेल गर्दै पुन क्रोएशियालाई खेलमा अघि बढाए ।
६८औं मिनेटमा इभान पेरिसिच र ७२औं मिनेटमा एन्टे बुडिमिरले पेनाल्टिमा गोल गरेका थिए । समुह एलमा रहेको क्रोएशिया २ खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानको चेकियाको ९ अंकछ ।