काठमाडौं । तीन पटकका च्याम्पियन नोभाक जोकोभिचले बिहीबार राति सोझो सेटमा जित निकाल्दै फ्रेन्च ओपनको तेस्रो चरणमा स्थान सुरक्षित गरेका छन। गएरातिको खेलमा उनले फ्रेन्चम्यान कोरिन्टिन माउटेटमाथि तीन घण्टाभन्दा लामो संघर्षपछि सोझो सेटमा जित दर्ता गरेका हुन्।
जोकोभिचले पहिलो सेटमा ६-३ को जित निकालेका थिए। दोस्रो सेटमा उनले ६-२ को जित हात पारेसँगै २-० ले अघि पुगेका थिए। तेस्रो सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो।
सर्बियन खेलाडीलाई बायाँ हाते माउटेटले तेस्रो सेटमा निकै दबाब दिएका थिए। माउटेटले ७३औँ वरियतामा रहँदै पनि तेस्रो सेटमा ६-५ मा सेट पोइन्ट हात पारेका थिए । तर, जोकोभिचले त्यसलाई उल्टाउँदै उत्कृष्ट टाइब्रेक प्रदर्शन गरे। तर जाकोविचले यो सेट ७-६ मा टाई भएपछि टाइब्रेकरमा जित हासिल गरे।
यस जितसँगै जोकोभिचले २५औँ ग्रान्ड स्लाम उपाधिको यात्रा कायमै राखेका छन। यो कीर्तिमान हाल अस्ट्रेलियाकी मार्गरेट कोर्टसँग बराबरीमा रहेको छ। कोर्ट फिलिप मैदानमा भरिभराउ घरेलु समर्थकको हौसलाले माउटेटलाई थप उर्जा दिएको थियो। तर, उनले त्यसलाई खेलको शक्तिका रुपमा परिवर्तन गर्न सकेनन्।
अब तेस्रो चरणमा जोकोभिचले क्यानडाका डेनिस शापोभालोभ वा अस्ट्रियाका फिलिप मिसो-लिचसँग खेल्नेछन्। यसैबीच, युवा खेलाडी जोआओ फोन्सेका पनि दर्शकको मन जित्न सफल भए। १८ वर्षीय ब्राजिली खेलाडीले घरेलु खेलाडी पिएर-ह्युग्स हेर्बर्टलाई सुरूका दुई सेट टाइब्रेकर र तेस्रो सेट ६-४ ले हराउन सफल भएका थिए।