काठमाडौं । कान्तिपुर हाफ म्याराथनको १३औं संस्करण केहीबेर अघि सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले म्याराथनको शुभारम्भ गर्नुभएको हो ।
ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा ‘लेट्स रन फर ग्रिनर टुमारो’ हो। आयोजक कान्तिपुर पब्लिकेशन्सको थापाथलीस्थित कार्यालय सेन्ट्रल बिजनेस पार्क परिसरबाट हाफ म्याराथन सुरू भएको छ ।
यस संस्करणको कान्तिपुर हाफ म्याराथनमा चार विधामा प्रतिस्पर्धा भइरहेको । दुवैतर्फ महिला र पुरुषको फरक इभेन्ट छन।
हाफ म्याराथन २१ दशमलव १ किलोमिटर, कलेज रन ७ किलोमिटर, कर्पोरेट एन्ड सेलेब रन ५ किलोमिटर र ह्विलचेयर रेस ३ किमि दूरीमा हुनेछ। सबै विधामा गरी ३ हजार ५ सयभन्दा बढीको सहभागिता छन् ।