काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२५ को पहिलो क्वालिफार्यसमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरू आमने-सामने हुँदैछन् । दुबै टोली पहिलो पटक आईपीएल उपाधि जित्न फाईनलमा स्थान बनाउँने लक्ष्यमा छन ।
मुल्लांपुरको महाराजा यादवेन्द्र सिंह इन्टरनेशनल स्टेडियममा खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरू हुनेछ । सन् २०१४ पछि पहिलो पटक प्लेअफमा पुगेको पञ्जाब तालिकाको शीर्षमा रहदै यहाँसम्म आइपुगेको हो ।
पछिल्ला केही सिजन नियमित प्लेअफ खेले पनि बैंगलुरूले २०१६ पछि पहिलो पटक शीर्ष-२ मा स्थान बनाएको हो । आईपीएलमा दुई टोलीबीच खेलिएका ३५ खेल मध्य पञ्जाबले १८ र बैंगलुरूले १७ खेल जितेको छ । यस सिजन दुबै टिमले एक-एक खेल जितेका छन । यसै मैदानमा बैंगलुरूले पछिल्लो खेलमा पञ्जाबलाई ७ विकेटले हराएको थियो । साथै बैंगलुरू यस सिजिन अवे मैदानमा अपराजित छ ।
पञ्जाब मुख्य रूपमा घरेलु युवाहरूमा निर्भर देखिन्छ । उसका भारतीय अनक्याप्ड खेलाडीहरूले सानदार प्रदर्शन गरेका छन । बैंगलुरूले यस पटक सुपरस्टारभन्दा टिम सन्तुलनमा विश्वास राखेको देखिन्छ ।
पञ्जाबका कप्तान श्रेयस अय्यरले १४ म्याचमा ५ सय १४ रन बनाएका छन । ओपनर जोडी प्रभसिमरन सिंह र प्रियांश आर्याले सिजनभर आक्रामक सुरूवात दिलाएका छन । बलिङतर्फ अर्शदीप सिंहले १४ खेलमा १८ विकेट लिएका छन ।
बैंगलुरूका लागि विराट कोहली १३ खेलमा ६ सय २ रनसहित ८ अर्धशतक प्रहार गरेर उत्कृष्ट लयमा देखिएका छन । हेजलवुडले १० म्याचमा १८ विकेट लिँदै बलिङको अगुवाइ गरिरहेका छन ।
आज दुबै टिमलाई महत्वपूर्ण खेलाडीको अनुपस्थितिले केही समस्यामा पार्न सक्छ । पञ्जाबका मार्को यान्सन वल्र्ड टेस्ट च्याम्पियनसिप तयारीका लागि यस अघिनै लक्षिण अफ्रिका फर्किसकेका छन ।
बैंगलुरूका टिम डेविड हृयामस्ट्रिङको चोटका कारण सम्भवतः बाहिर रहनेछन् । पञ्जाबका युजवेन्द्र चहल र आरसीबीका जोश हेजलवुड चोट मुक्त भएका छन । यी दुबै खेलाडीले आ-आफ्नो टिममा पुनरागमन गर्न सक्छन् ।
यो खेल जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ । पराजित हुने टोलीले दोस्रो क्वालिफासर्यमा मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीचको एलिमिनेटरको विजेतासँग खेल्ने छ । आईपीएल २०२५ काे प्री म्याच एनालाइसीससहित कान्तिपुर म्याक्समा प्रत्यक्ष प्रशारण हुन्छ ।