सुनसरी । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले संघ अन्तर्गत रहेका १० वटा रंगशाला प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने जानकारी गराउनुभएको छ ।इटहरीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री चौधरीले हाल संघीय सरकारले १० वटा संघ अन्तर्गत रहेका रंगशाला प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको हो ।
उहाँले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नेपाली कांग्रेसकै कोटाबाट हुने दाबी पनि गर्नुभयो ।
राखेपका अहिलेका सदस्य सचिव टंकलाल घिसिङको कार्यकाल आगामी मंसीर दोस्रो साता सकिँदैछ ।