जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकार चाहेको छः सचेतक डाँगी

वैशाख ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकार चाहेको छः सचेतक डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेनजी पुस्ताको भविष्य सुनिश्चित गर्न माग गर्नुभयो । उहाँले पाका नेतृत्वहरूबाट अब देश विकास हुने आश मरिसकेको बताउनु भयो । 

उहाँले नयाँ अनुहार र नयाँ सोचको नेतृत्व जेनजी पुस्ताले चाहेको बताउनु भयो । रोजगारी र उद्यमशिलतामा प्रोत्साहन गर्ने नीति अहिलेको आवश्यकता भएको उहाँले बताउनु भयो ।

उहाँले आफूहरू केबल डिग्रि नभइ गुणस्तरीय शिक्षा चाहने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.