काठमाडौं । पूर्व विम्बलडन च्याम्पियन पेत्रा क्भितोभाले मातृत्व ग्रहण गरे पश्चात टेनिस कोर्टमा फर्किएपछि पहिलोपटक जित हात पारेकी छन ।
३५ वर्षीया चेक खेलाडी क्भितोभाले गत वर्ष जुलाईमा छोरालाई जन्म दिएको १५ महिनापछि फेब्रुअरीमा कोर्टमा फर्किएकी थिइन् । तर त्यसपछि खेलेका चारवटै खेलमा पराजित भएकी थिइन् ।
गए राति रोममा जारी इटालियन ओपनको पहिलो चरणमा रोमानियाकी इरिना-कामेलिया बेगुलाई सोझो सेटमा पराजित गरेपछि क्भितोभा र्फममा फर्किएकी हुन् । क्भितोभाले दुबै सेट क्रमस ७-५, ६-१ ले आफ्नो पक्षमा पारेकी हुन् ।
२०११ र २०१४ को विम्बलडन जितेकी क्भितोभा एक समय विश्व वरियताको दोस्रो स्थान सम्म पुगेकी थिइन् । अब उनले अर्को चरणमा टुनिसियाकी ओन्स जाबेउरसँग प्रतिस्पर्धा गर्नेछन ।