महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता : ए डिभिजन क्लब संकटा सेमिफाइनलमा

वैशाख २०, २०८२ |बालकृष्ण अधिकारी
महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता : ए डिभिजन क्लब संकटा सेमिफाइनलमा

हेटौँडा । हेटौँडामा जारी महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता ए डिभिजन क्लब संकटा सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा-६ स्थित गौरीटार रंगशालामा शनिबार भएको खेलमा बाराको नवजनजागृति युवा क्लबलाई ६-१ को फराकिलो अन्तरले पराजित गर्दै संकटाले अन्तिम ४ मा स्थान बनाएको हो । 

संकटालाई जिताउन ममता पुन मगरले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरिन् । पहिलो हाफमै ४ गोल गरेको संकटाले दोश्रो हाफमा २ गोल गरेको हो । संकटाको तर्फबाट ममताले ह्याट्रिक सहित ५ गोल, जेलीफर राना मगरले १ गोल गरिन् । 

त्यसैगरी बाराको तर्फबाट रोजिना लामाले १ गोल फकाईन् । खेलको प्लेयर अफ दि म्याच पनि मगर नै घोषित भइन् । उनले नगद १० हजार प्राप्त गरेकी छिन् । 

प्रतियोगिता अन्तर्गत आइतबार नेपाल पुलिस क्लब र रौतहटको टिमबीच प्रतिस्पर्धा हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल वैशाख २५ गते हुनेछ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।