आइपिएल २०२५ : आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा

वैशाख ३, २०८२ |खेल ब्युरो
आइपिएल २०२५ : आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा

काठमाडौं । इन्डियन प्रिमियर लिग 'आपिएल २०२५' को ३२औं खेलमा आज दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । अरुण जेट्ली स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

दिल्ली क्यापिटल्सले यो सिजन पाँच खेल खेलेको छ । जसमा चार खेलल जितेको छ र ८ अंकसहित दोस्रो स्थानमा छ । राजस्थानले भने ६ खेलमध्ये २ मात्र जितेको छ र ४ अंकका साथ आठौं स्थानमा छ ।

आइपिएलमा यी दुई टोलीबीच हालसम्म २९ खेल भएका छन् । जसमा दिल्लीले १४ र राजस्थानले १५ खेल जितेका छन् । अरुण जेट्ली स्टेडियममा दुवैले ९ खेल खेलेका छन् । जहाँ दिल्लीले ६ र राजस्थानले ३ खेल जितेका छन् । यहाँ पछिल्ला तीन खेल दिल्लीले जितेको छ भने राजस्थानले सन् २०१५ पछि जित्न सकेको छैन ।

दिल्लीका लागि केएल राहुलले सबैभन्दा बढी २ सय रन बनाएका छन् । बलिङतर्फ कुलदीप यादवले ५ खेलमा १० विकेट लिएका छन् भने मिचेल स्टार्कले ९ विकेट लिएका छन् ।

राजस्थानका कप्तान सञ्जु सैमसनले ६ खेलमा १ सय ९३ रन बनाएका छन् । जसमा एक अर्धशतक समावेश छ । बलिङमा वनिन्दु हसरङ्गाले ४ खेलमा ६ विकेट लिएका छन् । 

अरुण जेटली स्टेडियमको पिच ब्याट्सम्यानका लागि अनुकूल मानिन्छ । यहाँ हालसम्म ९० आईपीएल खेल भएका छन्, जसमा ४३ खेल पहिला ब्याटिङ गर्ने टोलीले र ४६ खेल पछि ब्याटिङ गर्ने टोलीले जितेका छन् । एक खेल बिना नतिजा टुंगिएको थियो ।

१८औं संस्करणको आइपिएलका सबै खेल प्रि-म्याच एनालाइसिस सहित कान्तिपुर म्याक्स एचडीबाट प्रत्यक्ष प्रसारण भइरहेका छन् ।