बार्सिलोना ओपनमा आल्काराजकाे विजयी सुरूवात

वैशाख ३, २०८२ |खेल ब्युरो
बार्सिलोना ओपनमा आल्काराजकाे विजयी सुरूवात

काठमाडौं । विश्व नम्बर २ कार्लोस आल्काराजले बार्सिलोना ओपनमा विजयी सुरूवात गरेका छन् ।

गएराति सम्पन्न खेलमा अमेरिकी खेलाडी इथान क्विनलाई सिधा सेटमा पराजित गर्दै आल्काराज अघिल्लो चरणमा प्रवेश गरेका हुन् ।

हालै आफ्नो पहिलो मोन्टे कार्लो मास्टर्स उपाधि जितेका आल्काराजले बार्सिलोनामा सन् २०२२ र २०२३ मा उपाधि जितिसकेका छन् । उनी यसपटक तेस्रो उपाधिको खोजीमा छन् । आल्काराजले क्विनलाई ६-२ र ७-६ ले हराएका हुन् ।

अब आल्काराज अर्को चरणमा सर्बियाका क्वालिफायर खेलाडी लास्लो ड्जेरेसँग भिड्नेछन् । ड्जेरेले फ्रान्सका लक्की लुजर आर्थर रिन्डरक्नेचविरुद्ध ३ सेटमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका थिए ।