काठमाडौं । पेरिस सेन्ट जर्मेन-पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लबएस्टन भिल्लासँग क्वाटरफाइनलको दोस्रो लेगमा ३-२ ले पराजित भएपनि पहिलो लेगको जितले पिएसजीलाई अन्तिम ४ सम्म स्थान दिलाएको हो ।
पहिलो लेगमा ३-१ ले विजयी भएको पिएसजी समग्रमा ५-४ को नतिजासहित सेमिफाइनलमा प्रवेश गरेको हो । आच्राफ हाकिमीले गोलकिपर मार्टिनेजको गल्तीको फाइदा उठाउँदै ११औं मिनेटमा गोल गरेर पिएसजीलाई अग्रता दिलाए । २७औं नुनो मन्डेसले गोल गर्दै फ्रेन्च टोलीको अग्रता दोब्बर बनाए ।
यौरी टिलेमान्सले ३४औं मिनेटमा एक गोल फर्काएपछि पहिलो हाफ २-१ अवस्थामा समाप्त भएको थियो । ५५औं मिनेटमा जोन म्याकगिनले २० यार्डबाट गोल गरे । त्यसपछि मार्कस रासफोर्डको सानदार पासमा डिफेन्डर एज्री कोन्साले गोल गरे ।
त्यसपछि दुबै टिमबाट थप गोल हुन नसक्दा पीएसजी समग्रमा ५-४ ले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गर्यो । पिएसजीले अब सेमिफाइनलमा आर्सेनल वा रियाल मड्रिडबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । आर्सेनल र रियालबिचको खेल आज राति हुँदैछ ।