पोखराकाे लेकसाइडमा नवनिर्मित टेम्पल बेल बुटिक होटल सञ्चालन

चैत्र २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
पोखराकाे लेकसाइडमा नवनिर्मित टेम्पल बेल बुटिक होटल सञ्चालन

पाेखरा । नेपालको पर्यटकीय राजधानी पोखराको मुटु, लेकसाइड स्ट्रिट नं. १७ मा नवनिर्मित टेम्पल बेल बुटिक होटल एण्ड स्पा सञ्चालनमा आएको छ । सन् २०२१ को डिसेम्बरमा सुरू भएको होटलको निर्माण कार्य कोभिड महामारीका चुनौतीका बाबजुद साढे तीन वर्षमा सम्पन्न भएको हो। 

करिब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको यो होटलको कुल लागत (जग्गासहित) १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । होटलमा दुईवटा इन्टरकनेक्टेड ब्लकमा कुल ५५ सुसज्जित कोठाहरू छन्, जसमा ४७ डिलक्स बुटिक, ५ सुपर डिलक्स, २ जुनियर स्वीट र १ प्रेसिडेन्सियल स्वीट रहेका छन्। 

यहाँ आकर्षक लबी, ज्याकुजीसहितको स्विमिङ पुल, (बुद्ध सदन)सम्मेलन हल, स्टीम, साउना र थेरापी रुमसहितको अत्याधुनिक स्पा, बार, (आंटी) आलाकार्ट रेस्टुरेन्ट, बेसमेन्ट पार्किङ र दुईवटा आधुनिक लिफ्ट उपलब्ध छन्। 

भूकम्प प्रतिरोधी संरचना र आगो नियन्त्रण प्रणालीले सुरक्षालाई प्राथमिकता दिएको छ । होटलमा ६० जना दक्ष कर्मचारी कार्यरत छन्, जसमध्ये केहीले स्वदेश र विदेशमा अनुभव हासिल गरेका छन्।

 बाँकी कर्मचारीलाई अतिथि सत्कार, व्यवस्थापन, खाना पकाउने कला र ग्राहक सेवासम्बन्धी तालिम प्रदान गरिएको छ नयाँ वर्ष २०८२ लाई लक्षित गरी स्वदेशी र विदेशी पाहुनाका लागि विशेष छुट अफरहरू सार्वजनिक गरिएको छ । 

स्वदेशी पाहुनाका लागि सिंगल र डबल रुम क्रमशः ७ हजार ५सय र ८, हजार ५सय रुपैयाँमा उपलब्ध छ भने विदेशीका लागि १२, हजार र १४, हजार रुपैयाँ निर्धारण गरिएको छ। स्वीट रुममा स्वदेशीलाई ३५, हजार र विदेशीलाई ४८, हजार रुपैयाँमा छुटसहितको प्याकेज छ। 

यी अफरमा ब्रेकफास्ट, स्टीम, साउना, एयरपोर्ट पिकअप र स्पा सेवामा ३०% छुट समावेश छ पोखराको पर्यटन प्रवद्र्धनमा शुभचिन्तक, व्यवसायिक साझेदार र स्थानीय समुदायको योगदान अतुलनीय रहेकोले आगामी दिनमा रचनात्मक सुझाव र सहकार्यको अपेक्षा पनि राखेको बताउनु भयो ।

पोखराको पर्यटनमा साहसिक खेलकुद, शान्त वातावरण र सांस्कृतिक विविधताले विश्वभर आकर्षण बढाइरहेको बेला (टेम्पल बेल) ले मिडिल र हाइ-एन्ड पर्यटकलाई लक्षित गरी सेवा विस्तार गरेको छ। “हामी नेपाली आतिथ्य, संस्कृति र विश्वस्तरीय सुविधामार्फत पोखरालाई थप आकर्षक गन्तव्य बनाउन प्रतिबद्ध भएको छ ।

प्रकृति, संस्कृति र साहसिकताको अनुपम संगम पोखरामा नेपाली आतिथ्य र अन्तर्राष्ट्रिय सुविधाको संयोजनसहित स्थापना भएको यो होटलले बुटिक अवधारणामा आधारित सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । 

चिल्लि ग्रुपको लगानीमा सन् २००८ देखि पर्यटन व्यवसायमा सक्रिय रहँदै आएको यो समूहले (टेम्पल बेल) मार्फत पोखराको पर्यटनलाई थप उचाइ दिने प्रयास गरेको छ । 

होटलको संरचनामा नेपाली काष्ठकला, ढुंगा, हस्तकला, ढाका, थान्का र हरियाली वातावरणको संयोजनले स्थानीय मौलिकताको झल्को दिन्छ भने आधुनिक सुविधाले विश्वस्तरीय अनुभव प्रदान गर्छ । 

टेम्पल बेल बुटिक होटल एण्ड स्पा ले पोखराको पर्यटनमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ ।स्थानीय सौन्दर्य र आधुनिक सुविधाको संयोजनले यो होटल पर्यटकहरूका लागि अविस्मरणीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.