काठमाडौं । इण्डियन प्रिमियर लिग-आईपीएलमा आज दुई खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो पौने चार बजे हुने पहिलो खेलमा कोलकाता नाइट राइडर्स र लखनऊ सुपर जायन्टस भिड्नेछन् । यो खेल कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा हुनेछ ।
यो खेल आईपीएल इतिहासकै सर्वाधिक महंगो खेलाडी ऋषभ पन्तका लागि कप्तान र खेलाडीका रूपमा कठिन परिक्षा हुनेछ । ऋषभको खराब लय लखनऊका लागी सबैभन्दा ठुलो समस्या बनेको छ ।
यसअघिका चार खेलमा उनले मात्र १९ रन बनाएका छन् । तालिकाको छैटौ स्थानमा रहेको लखनऊले चार खेलबाट चार अंक जोडेको छ । उसले आईपीएलको पछिल्लो खेलमा मुम्बई इण्डियन्समाथि १२ रनको जीत हात पारेको थियो ।
आजपनि सोही लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ । उसका लागि ब्याटिङमा मिचेल मार्श, निकलस पुरनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मुम्बईविरुद्ध अर्धशतक बनाएका एइडन माक्रम पनि लयमा फर्किएका छन् । शार्दुल ठाकुर, आकाशदिप, दिग्वेश राठी , रवि बिस्नोइले बलिङ सम्हाल्नेछन् ।
कोलकात्ता पनि लगातार दोस्रो जीतको खोजीमा छ । यसअघि कोलकात्ताले सनराइजर्स हैदराबाद माथि ८० रनको फराकिलो जीत हात पारेको थियो । अजिंक्य रहाणेको कप्तानीमा रहेको कोलकात्ता चार खेलबाट चार अंकसहित तालिकाको पाँचौ स्थानमा छ । सुरूवाती खेलमा नचलेका वेङकटेस ऐअरले हैदराबादविरुद्ध ६० रन बनाएका थिए ।
सुनिल नरायन, रहाने, अंगक्रिस रघुबंशी, रिंकु सिंह, आन्द्रे रसेल कोलकात्ताका मुख्य ब्याटर हुन् । स्पिन बलिङको मुख्य जिम्मेवारी वरूण चक्रवतीमा रहनेछ । यी दुई बीच अहिले सम्म पाँच खेल हुँदा लखनऊले तीन र कोलकात्ताले दुईमा जित हात पारेको छ । आज साँझ पौने आठ बजे हुने अर्को खेलमा चौथो स्थानमा रहेको पञ्जाव किंस र नवौं स्थानको चेन्नई सुपर किंस आमने सामने हुनेछन् ।
महेन्द्र सिंह धोनीको खराब र्फमलाई लिएर चेन्नई चिन्तामा छ । मुम्बई इण्डियन्सलाई हराउँदै सिजनको सुरूवात गरेको चेन्नई त्यसपछिका तीन खेलमा भने जित विहिन छ । आठौ स्थानमा रहेको चेन्नईको चार खेलबाट दुई अंक छ । पञ्जाव तीन खेलमा चार अंक जोड्दै तेस्रो स्थानमा छ । सुरूवाती दुई खेलमा शत-प्रतिशत नतिजा निकालेको पञ्जाव राजस्थान रोयल्ससँग भने ५० रनले पराजित भएको थियो ।