प्रतिपक्षी दलहरूको अवरोध पछि प्रतिनिधि सभाको बैठक स्थगित

चैत्र १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रतिपक्षी दलहरूको अवरोध पछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट हटाएको विषयमा प्रतिपक्षी दलले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले भाेलिसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको छ । 

भोलि बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको सभामुख घिमिरेले बताउनुभएको छ ।

प्रतिपक्षी दलहरूको निरन्तर अवरोध पछि बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.