इटहरीको सेन्टर प्लाजामा लागेको आगलागी नियन्त्रण बाहिर, ११ जनाको सकुशल उद्धार

चैत्र १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
इटहरीको सेन्टर प्लाजामा लागेको आगलागी नियन्त्रण बाहिर, ११ जनाको सकुशल उद्धार

सुनसरी । इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगो पाँच घण्टा बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी भएको १० तले भवनमा फसेका ११ जनाको उद्धार गरिएको छ ।

प्लाजाको विभिन्न तलामा फसेका ८ पुरुष र तीन महिला गरी ११ जनाको सकुशल उद्धार गरिएको कोशी प्रदेसका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभएको छ ।

तीन जनाको काठमाडौँबाट आएको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । प्लाजाको पाँचौँ र छैटौँ तलामा बिहान साढे ९ बजे देखी आगलागी भएको थियो ।

आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जनबढी स्थानीय तहका दमकल, नेपाली सेना र प्रहरीले नियन्त्रणको प्रयास गरिरहेका छन् ।

आगलागी भएको भवनमा होटेल, सिनेमा हल, बैङ्क, सुपर मार्केट, कपडाका पसल, मोबाइल तथा इलेकट्रोनिक्स ठुला पसलहरू सञ्चालनमा रहेका छन । आगलागीको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.