अलेक्जान्डर ज्वेरेभ मायामी ओपनको तेस्रो चरणमा प्रवेश

चैत्र १०, २०८१ |खेल ब्युरो
अलेक्जान्डर ज्वेरेभ मायामी ओपनको तेस्रो चरणमा प्रवेश

काठमाडौं । शीर्ष वरियताका अलेक्जान्डर ज्वेरेभ मायामी ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

फ्लोरिडामा सम्पन्न खेलमा अनसिडेड ब्रिटिस खेलाडी जेकब फेर्नलीलाई सोझो सोझो सेटमा हराउँदै ज्वेरेभले तेस्रो चरणमा स्थान सुरक्षित गरेका हुन् ।

जर्मन खेलाडी ज्वेरेभले आफ्नो सशक्त सर्भ र बेसलाईनबाट उत्कृष्ट खेल प्रदर्शन गर्दै फेर्नलीलाई सहजै हराए ।

७४ मिनेटसम्म चलेको खेलमा दुईवटा ब्रेक प्वाइन्ट जोगाएका ज्वेरेभले ६-२ र ६-४ को जित हात पारेका हुन् । जितसँगै ज्वेरेभले मास्टर्स एक हजारमा एक सय ४५औँ जित निकाल्दै जर्मनीका टमी हासलाई उछिनेका छन् । 

अब उनले तेस्रो चरणमा अस्ट्रेलियाका खेलाडी जोर्डन थम्पसनसँग प्रतिस्पर्धा गर्नेछन् ।