काठमाडौं । नर्वेले फिफा विश्वकप छनोटको आफ्नो पहिलो खेलमा माल्डोवामाथि ५-० गोलको सानदार जित हात पारेको छ । जितसँगै स्टाले सोलबक्केनको टोली समूह आईको शीर्ष स्थानमा पुगेको छ ।
जुलियन रायर्सनले पाँचौँ मिनेटमा गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । अर्लिङ हालान्डले अग्रता दोब्बर पारे । २३औँ मिनेटमा हालान्डले घरेलु टोलीविरुद्ध गोल गरेका हुन् । यससँगै हालान्डले ४० खेलमा ३९ अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन् । उनले पछिल्ला चार विश्वकप छनोट खेलमा लगातार गोल गरेका छन् ।
विश्वकप छनोटमा उनको गोलसंख्या ६ पुगेको छ । थेलो आसगार्डले तेस्रो गोल गरे भने अलेक्जान्डर सोर्लोथले चौथो गोल गरेपछि नर्वे पहिलो हाफमा ४-० ले अगाडि रह्यो । ६९औँ मिनेटमा एरोन डोनमले नर्वेका लागि पाँचौ गोल गरे ।
युरो २०२४ गुमाएपनि २०२६ विश्वकपमा ४८ टोली छनोट हुने भएकाले नर्वेले सन् २००० पछि ठूलो प्रतियोगितामा पहिलो पटक स्थान बनाउने राम्रो अवसर पाएको छ । विश्वकप छनोटको अर्को खेलमा वेल्सले काजकिस्तानलाई ३-१ गोलले पराजित गरेको छ ।