प्रधानमन्त्री कप : पुलिसले छैटौं जित हात पार्दा सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

चैत्र ६, २०८१ |खेल ब्युरो
प्रधानमन्त्री कप : पुलिसले छैटौं जित हात पार्दा सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप क्रिकेटमा लगातार छैटौं जित हात पारेको छ । आज सम्पन्न खेलमा डिफेन्डिङ च्यम्पियन पुलिसले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।

पुलिसको जितमा बायाँ हाते स्पिनर ललित राजवंशीले पाँच विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरीले आक्रामक अर्धशतक प्रहार गरे । सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २३ ओभर २ बलमा अलआउट हुँदै ९२ रनको सामान्य योगफल तयार पारेको थियो ।

जवाफमा ९३ रनको सामान्य लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । कुशल भुर्तेल लगातार दोस्रो खेलमा डकआउट भए । जितसँगै पुलिसले ६ खेलमा १२ अंक जोडेको छ । ऊ तालिकाको शीर्ष स्थानमा यथावत छ । पराजित गण्डकी समान खेलमा २ अंकमा अंकसहित पुछारमा छ ।

यसैगरी, एक्स्ट्राटेक क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले हराएको छ। पहिले ब्याटिङ गरेको लुम्बिनी ११६ रनमा समेटिएपछि जवाफमा सुदूरपश्चिमले ११७ रनको लक्ष्य ३१ ओभर एक बलमा पूरा गरेर जित दर्ता गरेको हो ।

पहिले ब्याटिङ रोजेको लुम्बिनीका सम्राट भुसाल र आकाश त्रिपाठी शून्यमा आउट भए । मृनल गुरुङ २ रनमा बाहिरिए । त्यसपछि देव खनालले ४१ र पाँचौ नम्बरका प्रज्ज्वल थापाले ३० रनको योगदान गरेपछि सुदूरपश्चिम केही सम्हालिएको थियो । सात रनमै तीन विकेट गुमाएको अवस्थाबाट यी खेलाडीले लुम्बिनीलाई ८२ रनको अवस्थासम्म पुर्याएका हुन् । त्यसपछि विकेट पतनको सिलसिला बढ्दै गएपछि लुम्बिनी ४४ ओभर एक बलमा अलआउट भएको हो ।

जवाफमा सुदूरपश्चिमले पनि कमजोर सुरुआत गर्यो । तर मध्यक्रममा खेलाडीले राम्रो प्रदर्शन गरेपछि उसलाई ११७ रनको लक्ष्य पूरा गर्न समस्या भएन । आजको जितसँगै सुदूरले ४ अंक बनाउँदा लुम्बिनीले यसअघि नै ८ अंक जोडिसकेको छ । प्रधानमन्त्री कपमा भोलि दुई खेल हुनेछन् ।



Enter Kantipur TV HD
Advertisement