सरकारले बारम्बार प्रतिबद्धता जनाएपनि दुग्ध किसानले पाएनन् गत मंसिरदेखिको भुक्तानी

डीडीसीले ८० करोड र निजी क्षेत्रले करिब एक अर्ब तिर्न बाँकी
चैत्र ६, २०८१ |सुमन पन्थ|पुजन धिताल
सरकारले बारम्बार प्रतिबद्धता जनाएपनि दुग्ध किसानले पाएनन् गत मंसिरदेखिको भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थानले गत मंसिरदेखिको दुग्ध किसानको भुक्तानी गर्न सकेको छैन । उत्पादित दूग्धजन्य वस्तु विक्री नभई गोदाममा थन्किँदा किसानको ८० करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न नसकेको संस्थानको दाबी छ । त्यस्तै निजी क्षेत्रबाट १ अर्ब हाराहारीमा भुक्तानी बाँकी रहेको छ ।

सरकारी स्वामित्वको दूग्ध विकास संस्थानले गत मंसिरदेखि दूग्ध किसानको भुक्तानी अझै गर्न सकेको छैन । दैनिक १ लाख २० हजार लिटर हाराहारीमा दूध संकलन गरिएको भए पनि ९० हजार लिटर मात्र विक्री हुादा बााकी ३० हजार लिटर प्रशोधनमा लगिने गरेको छ । 

दूग्ध विकास संस्थानको गोदाममा ९ सय १० टन धूलो दूध, ७ सय ५० टन मख्खन र १० टन घीउ मौज्दात छ । १ अर्ब २० करोड रुपैयाँबराबरका सामान गोदाममा थन्किादा किसानको भुक्तानीमा समस्या भएको कृषिमन्त्रीको भनाइ छ ।

निजी क्षेत्रले पनि किसानको १ अर्बभन्दा बढीको भुक्तानी गर्न सकेको छैन । बजारमा मागभन्दा उत्पादन बढी हुादा किसानको भुक्तानीमा समस्या भएको नेपाल डेरी एशोसिएसनले जनाएको छ । निजी र सरकारी संस्थानले समयमा भुक्तानी नगर्दा किसान समस्यामा पर्ने गरेका छन् ।

सरकारले पटक-पटक प्रतिबद्धता जनाए पनि किसानले बक्यौता भुक्तानी पाउन सकेका छैनन् । देशका ४५ जिल्लाबाट दूध खरिद गरिरहेको दुग्ध विकास संस्थानका १ वर्षदेखि नेतृत्वविहीन छ । सात वर्षदेखि नियमित घाटामा रहेको संस्थानसमेत अस्तव्यस्त हुँदा त्यसको किसानहरु मारमा परिरहेका छन् ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।

Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement