काठमाडौं । क्यानडाका फिलिक्स अजं आलियासिम र ग्रिसका स्टेफानोस चिचिपास दुबई टेनिस च्याम्पियनसिपको फाइनल प्रवेश गरेका छन् ।
२४ वर्षीय अंज आलियासिमले, क्वालिफायर कोन्ट एलिसलाई तीन सेटमा पराजित गरेका हुन् । यो सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेका उनले पहिलो सेट ५-७ ले गुमाएका थिए । तर बाँकी सेटमा पुनरागमन गरे ।
आलियासिमले दोस्रो सेट ६-३ ले जित्दै खेल १-१ को बराबरीमा पुर्याए । तेस्रो तथा अन्तिम सेट ६-३ ले आफ्नो पक्षमा पारेपछि उनले किरयरमा पहिलो पटक ए टिपी फाइभ हन्ड्रेड आउट डोर हार्ड कोर्टको फाइनलमा स्थान बनाए । यो वर्ष आलियासिमले एडिलेड र मोन्टपियमा उपाधि जितेका थिए । उनी सन २०२२ पछि पहिलो पटक एकै सिजन तीन प्रतियोगिताको फाइनल पुगेका हुन् ।
आलियासिम र फ्रान्सका एलिस बीचको खेल दुई घन्टा १६ मिनेट सम्म चलेको थियो । यस्तै चिचिपासले नेदरल्यान्डसका ट्यालो ख्रिक्सपरलाई सोझो सेटमा हराएका हुन् ।
चिचिपास लगातार तेस्रो पटक एटिपी फाइभ हन्ड्रेड इभेन्टको फाइनल पुगेका हुन् । उनले ख्रिक्स्परलाई ६-४, ६-४ को सेटमा हराए । उपाधि जितेमा चिचिपास वरीयताको शीर्ष दशमा फर्कनेछन् ।