काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसीप फाइनलमा टिकट बिक्रीबाट एक करोड ३० लाख आम्दानी गरेको छ ।
यो अहिले सम्मको उच्च भएको एन्फाका प्रतियोगिता निर्देशक सन्जिब मिस्रले जानकारी दिनुभयो I एन्फाले साधारण तर्फ १००० रुपैयाँको १० हजार ५ सय र भिआईपी तर्फ २००० रुपैयाँ १२ सय ५० टिकट बिक्री गरेको थियो ।
रंगशालाको आधिकारिक दर्शक सख्या १५ हजार ६ सय हो । फाइनलमा चार हजार पास बाढिएको थियो । यसअघि सन् २०१३ को पुरुष साफ च्याम्पियनसिपमा सेमीफाइनलमा नेपाल र अफगानिस्तानको खेलमा ८५ लाख टिकट बिक्रीबाट प्राप्त भएको थियो ।