साउदी प्रो लिगः अल ओरोबाहसँग क्रिस्टियानो रोनाल्डोको टिम अल नासार पराजित

फाल्गुन १७, २०८१ |खेल ब्युरो
साउदी प्रो लिगः अल ओरोबाहसँग क्रिस्टियानो रोनाल्डोको टिम अल नासार पराजित

काठमाडौं । साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोको टिम अल नासार पराजित भएको छ । गएराति भएको खेलमा अल ओरोबाहले, नासारलाई २-१ गोलले हराएको हो ।

अल जोफ युनिर्भसिटी स्टेडियममा घरेलु टिम ओरोबाहले ४० औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि सिरियन स्ट्राइकर ओमर अल सोमाहले गोल गरे । पहिलो हाफमा यही नतिजा कायम रह्यो । ५१ औं मिनेटमा नासारले खेल बराबरी गर्‍यो । 

सब्सिच्युट खेलाडी नवाफ बोसालले बराबरी गोल फर्काए । तर ६५ औं मिनेटमा बर्नलीका पूर्वखेलाडी तथा आयरल्यान्ड इन्टरनेशनल जोहान गुडमन्डसनले गोल गर्दै ओरोबाहलाई तीन अंक दिलाए ।

हारका बाबजुद नासार तालिकाको तेस्रो स्थानमा कायमै छ । उसको २३ खेलबाट ४७ अंक छ । जुन शीर्ष स्थानको अल इत्तिहाद भन्दा नौ अंकले पछि हो । एक खेल कम खेलेको इत्तिहादको ५६ अंक छ ।

एघारौँ स्थानमा उक्लिएको ओरोबाहको २३ खेलबाट २६ अंक छ । लिगको अर्को खेलमा आल आलीले दोस्रो स्थानमा रहेको अल हिलाललाई ३-० गोलले पराजित गर्‍यो ।



Enter Kantipur TV HD
Advertisement