काठमाडौं । आयोजक केपी ओली एफसी केपी ओली कपको सेमिफाइनल प्रवेश गरेको छ । आजै भएको दोस्रो क्वार्टरफाइनल खेलमा न्युरोड टिम (एनआरटी)लाई हराउँदै कपी ओली एफसी अन्तिम चारमा प्रवेश गरेको हो ।
आयोजक टोलीलाई १–० को जित दिलाउन सुरजज्यू ठकुरीले निर्णायक गोल गरे । खेलको दोस्रो मिनेटमा आयोजक टोलीका फोडे फोफानाले कर्नर नजिकैबाट गरेको प्रहार गोलकिपर विशाल सुनारले मुस्किलले बचाएका थिए । तेस्रो मिनेटमा फोफानाकै क्रसमा विलियनको पोस्टअघिबाट गरिएको हेडर बाहिरिएको थियो ।
५६ औं मिनेटमा एलेक्सको प्रहार दोस्रो बारको नजिकैबाट बाहिरिएको थियो । तर खेलको ६३ औं मिनेटमा केपी ओली एफसीका लागि सुरजले डेडलक तोडे । नवीन लामाको फ्रिकिकलाई एनआरटीका डिफेन्डरले विपक्षीको पोस्टतर्फ क्लियर गरेका थिए । सोही बललाई नियन्त्रणमा लिएर सुरजले बक्स बाहिरबाट गोल गरेका हुन् । यससँगै खेलमा एनआरटी एक गोलले पछि परेको थियो ।
दोस्रो हाफको अन्तिम १५ मिनेटमा एनआरटीका फरवार्डले कम्बिनेसन प्लेमा अवसर सिर्जना गरे पनि गोल गर्न चुक्दा केपी ओली क्लब विजयी भएको हो । यससँगै उसले अब फाइनल प्रवेशका लागि मच्छिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडको विजेतासँग खेल्नेछ । यो खेल भोलि ३ बजेबाट हुनेछ ।
मंगलबारको पहिलो खेलमा बिहान साढे ११ बजे एपीएफ र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।