काठमाडौं । इङलिस प्रिमियर लिगमा, लिभरपुलले आफ्नो उपाधी यात्रा बलियो बनाउँदै लगेको छ । गएराती भएको खेलमा आर्ने स्लटको टिमले म्यानचेस्टर सिटीलाई २-० गोलले पराजित गर्यो ।
इत्तिहाद स्टेडियममा सिटी विरुद्धको जित सँगै लिभरपुलले तालिकामा एघार अंकको अग्रता बनाएको छ । हिजो भएको खेलमा आर्सनल वेस्टह्याम सँग पराजित भएको फाइदा पनि लिभरपुलले उठायो । पाहुना टिमले १४ औं मिनेटमा पहिलो गोल गरेको थियो । उसका लागि मोहम्मद सालाहले , डोमिनिक सोबोस्लाइको सहयोगमा गोल गरेका हुन् ।
सालाहको जारी सिजन यो ३० औं गोल हो । ३७ औं मिनेटमा सोबोस्लाइले गोल गरेपछि लिभरपुल पहिलो हाफमानै २-० नै अघि रहेको थियो । दोस्रो गोलका लागि सालाहले सेट अप गरेका थिए । यो सिजन सालाहले एघार लिग खेलमा गोल र एसिस्ट गरेका छन् । जुन सन २०१४-१५ को सिजनमा लियोनल मेसी पछि युरोपको शीर्ष पाँच लिगको उच्च हो ।
चोटका कारण अर्लिङ हालान्ड बिना मैदान उत्रिएको सिटीले ब्रेकपछि पनि पुनरागमन गर्न सकेन् । बल पोसेसनमा लिभरपुल भन्दा अघि रहेपनि सिटीले गोल गर्न भने सकेन् । लिग लिडर लिभरपुलको २७ खेलबाट ६४ अंक छ । २० अंकले पछि रहँदै तालिकाको चौथो स्थानमा रहेको सिटीले लिभरपुल भन्दा एक खेल कम खेलेको छ । दोस्रो स्थानमा रहेको आर्सनलको २६ खेलबाट ५३ अंक छ ।