बुन्डेसलिगामा फ्राङ्कर्फटमाथि बार्यन म्युनिखको फराकिलो जित

फाल्गुन १२, २०८१ |खेल ब्युरो
बुन्डेसलिगामा फ्राङ्कर्फटमाथि बार्यन म्युनिखको फराकिलो जित

काठमाडौं । बुन्डेसलिगा तालिकाको शीर्ष स्थानमा रहेको बार्यन म्युनिखले, फ्राङ्कर्फटलाई ४-० गोलले पराजित गर्दै अंक दुरी बढाएको छ ।

घरेलु टिम बायर्नका लागि सुरुवाती ४५ मिनेट निराशाजनक रह्यो । पहिलो हाफको इन्जुरी समयमा माइकल ओलिजेले ब्रेक थ्रु दिलाए । उनले यो गोलका लागि लियोरी सानेको सहयोग लिएका थिए ।

६१ औं मिनेटमा फ्राङ्ककर्फटले कर्नरबाट आएको बललाई क्लियर गर्न सकेन् । सो बलमा हिरोकी इटोले गोल गर्दै अग्रता दोब्बर बनाए । ८३ औं मिनेटमा मुसियालाले गोल गरेपछि बायर्नले फ्राङ्ककर्फटर्फट सँगको दुरी ३-० मा पुर्याएको थियो । इन्जुरी समयमा सब्सिच्युट खेलाडी सर्जि गिनार्बीले गोल गरेपछि बायर्नले ४-० को फराकिलो जित हात पारेको हो ।

शीर्ष स्थानमा रहेको बायर्नको २३ खेलबाट ५८ अंक छ। दोस्रो स्थानमा रहेको बायर लिभरकुसेनको ५० र फ्राङ्ककर्फट ४२ अंकका साथ तेस्रो स्थानमा छ ।



Enter Kantipur TV HD
Advertisement