काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब केपी ओली कपको सेमिफाइनल प्रवेश गरेको छ। सातदोबाटोको एन्फा कम्प्लेक्मा आज सम्पन्न भएको खेलमा विभागीय डर्बी नेपाल पुलिसलाई २-० ले हराउँदै आर्मी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो ।
आर्मीका लागि नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरेका थिए। खेलको १९ औं मिनेट बायाँबाट जिलेस्पीजंग कार्कीको क्रसमा कटब्याक गरेर नवुयगले आर्मीलाई अग्रता दिलाएका थिए । खेलको ३५ औं मिनेटमा जिलेस्पीको अर्को बल भने पुलिसका डिफेन्डरलेले क्लियर गरेका थिए ।
खेलको ४० औं मिनटमा पुलिसको अट्याक भने गोलकिपर विकेश कुथुसम्म पुगेर समाप्त भएको थियो । पहिलो हाफभरि पुलिसले राम्रा अवसर सिर्जना गर्न सकेन । यससँगै आर्मी पहिलो हाफमा १-० गोलले अघि रह्यो ।
निर्धारित समयको ८ मिनेट बाँकी रहँदा दिनेशले गोल गरेका थिए । यससँगै पुलिस पहिलो खेलमै पराजित भएर बाहिरिएको छ ।