एएसएल मिनी अक्सन : नवयुग, विकेश र भरत खवास अन्सोल्ड

फाल्गुन १०, २०८१ |खेल ब्युरो
एएसएल मिनी अक्सन : नवयुग, विकेश र भरत खवास अन्सोल्ड

काठमाडौं । ललितपुरमा जारी नेपाल सुपर लिग (एनएसएल) को मिनी अक्सनमा केही ठूला नाम अनसोल्ड भएका छन् । अक्सनको पहिलो सत्रमा नेपाली घरेलु फुटबलका स्टार खेलाडी नवयुग श्रेष्ठ र विकेश कुथू अनसोल्ड भएका छन् । भरत खवास पनि पहिलो सत्रमा अनसोल्ड भएका थिए ।

भरतले यसअघि स्पोर्टिङ इलामबाट खेलेका थिए । यो संस्करणको अक्सनमा पहिलो सत्रमा अनसोल्ड भए । नवुयुग त पहिलो संस्करणमा पोखराका मार्की खेलाडी रहेका थिए । आर्मीबाट गोलकिपरको रूपमा खेल्दै आएका विकेश कुथू पनि घरेलु फुटबलको चर्चित नाम हो ।

गोलकिपर किन्न टिमको अनिच्छा

आजको अक्सनमा गोलकिपरमा टिमहरूले खास रुचि नदेखाएको भए पनि टिकेन्द्रसिंह थापा भने अधिकतम मूल्य दुई लाखमा बिक्री भए । धेरै टिमले विदेशी गोलकिपर राखेपछि रिजर्भ गोलकिपर मात्रै अक्सनबाट लिने प्रयास गरेका थिए । विकेश कुथू र दीप कार्की नै अनसोल्ड भए । यस्तोमा ललितपुरले बी श्रेणीका सुमित श्रेष्ठलाई किनेको थियो । गोलकिपर विशाल सुनार पनि अनसोल्ड भएका थिए । कृषल मोक्तानलाई भने पोखरो किनेको थियो ।

तर अन्तिममा विस लिस्टबाट दीप कार्कीलाई बुटबल लुम्बिनी एफसीले अनुबन्ध गरेको थियो । जियारत शेखलाई विस लिस्टबाटै धगनढीले लिएको थियो । विस लिस्टबाट अनुबन्ध हुने खेलाडीले आधार मूल्य पाउनेछन् ।



Enter Kantipur TV HD
Advertisement