दोस्रो संस्करणको एस एक्स सी वाकाथन सम्पन्न

माघ १९, २०८१ |खेल ब्युरो
दोस्रो संस्करणको एस एक्स सी वाकाथन सम्पन्न

काठमाडौं । सेन्ट जेभियर्स कलेजका विद्यार्थीहरूले नेतृत्व गरेको ‘द सेट काउन्सिल’ले दोस्रो संस्करणको एस एक्स सी वाकाथन सम्पन्न गरेको छ । शनिबार माइतिघरबाट सुरू भएको वाकाथन सँगै भएको ह्विल चेयर दौडमा एक हजारजनाको सहभागिता रहेको थियो । 

काउन्सिलले अपांगता भएका ब्यक्तिहरूका लागि स्वावलम्बन जीवन प्रद्धत्ती केन्द्र काठमाडौं सँगको सहकार्यमा ह्विल चेयर दौड गरेको हो ।

वाकाथनमा अपांगता भएका ब्यक्ति, ह्विल चयेर प्रयोगकर्ता र चार पांग्रे स्कुटर चलाउने ब्यक्तिहरू सहित करिब एक हजारको सहभागिता थियो । वाकाथनमा स्थनीयले पनि भाग लिएका थिए ।



Enter Kantipur TV HD
Advertisement