यू-१९ महिला विश्वकपमा नेपालको लगातार दोस्रो हार

माघ ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
यू-१९ महिला विश्वकपमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । आइसीसी महिला यू-१९ टि-२० विश्वकपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आज भएको खेलमा नेपाल स्कटल्यान्ड सँग एक विकेटले पराजित भएको हो । यो सँगै नेपालको सुपर सिक्स पुग्ने संभावना कठिन भएको छ ।

मलेसियाको बांगी स्थित वाइ एस डी ,यु के एम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालको आज पनि ब्याटिङ चलेन् । १८ ओभर पाँच बलमा अल आउट भएको नेपालले ७३ रन मात्र बनाउन सक्यो ।

ओपनर साना प्रभिन एक र सावित्री धामी १० रनमा आउट भएका थिए । ज्योत्सिन्का मरासिनी ४, किरण कुंवर ४ ,कृष्मा गुरुङ दुई र सिमाना केसी एक रनमा पभेलियन फर्किए । अलिसा यादव ३ र अनु कडायत ५ रनमा मैदान बाहिरिएका थिए । कप्तान पुजा महतोले सर्वाधिक २७ रन जोडिन् ।

मेइसी मेकिराले तीन ओभर पाँच बलमा १५ रन खर्चिएर पाँच विकेट लिएपछि नेपालको इनिङस कमजोर बनेको थियो । जवाफमा स्कटल्यान्डले १८ ओभर चार बलमा नौं विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । बलरले उत्कृष्ट प्रदर्शन गरेपनि स्कोर बोर्डमा रन कम हुदा नेपाल जीत हात पार्न असफल भयो ।

एक समय स्कटलयान्ड ३७ रनमा ६ विकेटको स्थतीमा थियो । पिप्रा केली खाता नखोल्दै पुजाको बलमा कट एन्ड बोल्ड भइन् । एम्मा वालसिंगम एक रनमा रन आउट भएकी थिइन् । कप्तान नियामह मुइर एक र नेमा शेख तीन रनमा मैदान बाहिरिएका थिए । पिपा स्प्रोलले सर्वाधिक ३५ रनको योगदान गरिन् । गाब्रिएला फोन्टेलाले अविजीत १२ र क्रिस्टि मेक्कोलले ६ रन बनाउदै स्कटल्यान्डलाइ जारी विश्वकपमा पहिलो जीत दिलाए । रचना चौधरी र सिमानाले दुइ दुइ विकेट लिए । पुजा र कृष्माको नाममा एक/एक विकेट रह्यो । नेपाल आफ्नो पहिलो खेलमा बंगलादेश सँग पाँच विकेटले पराजित भएको थियो ।

यसअघिको खेलमा अस्ट्रेलिया सँग हारेको स्कटल्यान्डले भने यो जीत सँगै प्रतियोगितामा पुनरागमन गरेको छ । नेपालले समुहको आफ्नो अन्तिम खेलमा बुधबार अस्ट्रेलिया सँग खेल्नेछ । आजै भएको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई दुई विकेटले हरायो । अस्ट्रेलियाको दोस्रो जीत हो । समुह डीमा अस्ट्रेलिया दुइ खेलबाट चार अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । दुइ अंकका साथ बंगलादेश दोस्रो र समान अंक बनाएको स्कटल्यान्ड तेस्रो स्थानमा छ । अंक विहिन नेपाल चौथो स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement