यू-१९ महिला विश्वकप : नेपालद्वारा स्कटल्यान्डलाई ७४ रनको लक्ष्य

माघ ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
यू-१९ महिला विश्वकप : नेपालद्वारा स्कटल्यान्डलाई ७४ रनको लक्ष्य

काठमाडौं । नेपाली महिला यू-१९ टोलीले स्कटल्यान्डलाई ७४ रनको लक्ष्य दिएको छ । आईसीसी यू-१९ महिला टी ट्वेन्टी विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्यान्ड विरुद्ध ७३ रन बनाएको हो ।

टस जितेर सुरूमा ब्याटिङ रोजेको नेपालले १८ ओभर ५ बलमा सबै विकेट गुमाएर ७३ रन मात्र बनाएको हो । नेपालका लागि पूरा महतोले सर्वाधिक २७ रन बनाइन् । यस्तै सावित्री धामीले १० रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

स्कटल्यान्डकी मेजी मेसेराले ५ विकेट लिइन् ।

अहिले स्कटल्यान्डको टोली जवाफी ब्याटिङमा उत्रिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement