काठमाडौं । नेपालका अभिषेक बास्तोला जापानमा जारी ‘युटिआर प्रो टेनिस टुर’को प्लेअफ तर्फको फाइनलमा पुगेका छन् ।
पाँचौं स्थानका लागि भएको खेलको सेमिफाइनलमा उनले जापानी खेलाडीलाई हराएका हुन् । उनले जापानी खेलाडी युसुके योसिकावालाई २-० को सोझो सेटमा हराएका हुन् ।
बास्तोला आइतबार हुने फाइनलमा सेइया नाकानेसीसँग खेल्ने तालिका रहेको छ। जापानमा भइरहेको यो प्रतियोगिता विश्व वरीयतामा तीन हजार भित्र रहेका खेलाडीले खेल्न पाउनेछन् । उनी यो प्रतियोगिता खेल्ने एक्लो नेपाली खेलाडी हुन् ।