म्यानचेस्टर युनाइटेडसँग आर्सनल पेनाल्टीमा पराजित

पुस २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
म्यानचेस्टर युनाइटेडसँग आर्सनल पेनाल्टीमा पराजित

काठमाडौं । इंग्लिस एफए कपमा गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड पेनाल्टीमा विजयी भएको छ । आर्सनलको रंगशालामा भएको खेलमा युनाइटेडले पेनाल्टीमा ५-३ को जित दर्ता गरेको हो ।

खेलको, पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलभरी गोलकिपर अल्टाइ बेनिडिर नायक रहे । उनले आर्सनलको दुई पेनाल्टी सेभ गरेका थिए । यससँगै आर्सनल एफए कपको तेसो चरणबाटै बाहिरिएको छ । गएराति गरान्चोको पासमा मिडफिल्डर ब्रुनो फर्नान्डेसले गोल गरेका थिए ।

सो गोलसँगै युनाइटेडले खेलमा अग्रता बनाएको हो । तर उसले उक्त अग्रता जोगाउन सकेन । ६३ औं मिनेटमा आर्सनलका ग्याब्रियल मगाहासले खेल बराबरी गरेका थिए । यसबीचमा युनाइटेडले आफ्नो एक मिडफिल्डर गुमाएको थियो । डियोगो डलोटले दोहोरो पहेँलो कार्ड पाएपछि बाहिरिएका थिए ।

उनले मेरिनोमाथि स्लाइड गर्दा रेफ्रिले रातो कार्ड दिएका हुन् । १० खेलाडीमा समेटिएको युनाइटेडविरुद्ध गोल गरेर आर्सनलले खेल बराबरी गरेको हो । ७२ औं मिनेटमा आर्सनलले खेलमा निर्णायक बन्न सक्ने पेनाल्टीको अवसरर पाएका थिए । तर मार्टिन ओडेगार्डको पेनाल्टी गोलकिपर अल्टाइ बेनिडिरले डाइभ गरेर रोकेपछि खेलको निर्धारित ९० मिनेट बराबरीकै सकिएको हो ।

यससँगै घरेलु समर्थकमाझ आर्सनलले निर्धारित समयमा जित निकाल्न सकेन । त्यसपछिको पेनाल्टीको अवसरमा युनाइटेडका फरनान्डेस, अमान डियालो, लेनी योरो, मार्टिनेज र जोसुवा जिर्कले गोल गरेका थिए । यता आर्सनलका ओडेगार्ड, डेक्लान राईस र थोमस पार्टेले गोल गरेका भए पनि कई हभाट्र्जको प्रहारलाई गोलकिपरले रोकेका थिए । यससँगै आर्सनले एफए कपबाट बाहिरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement