फ्रान्सका प्रशिक्षक डेसच्याम्प्सले सम्झौता नवीकरण नगर्ने

पुस २४, २०८१ |खेल ब्युरो
फ्रान्सका प्रशिक्षक डेसच्याम्प्सले सम्झौता नवीकरण नगर्ने

काठमाडौं । फ्रान्सका लागि सबैभन्दा लामो समय सेवा गरेका राष्ट्रिय टोलीका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले सन् २०२६ मा समाप्त हुने आफ्नो सम्झौता नवीकरण नगर्ने भएका छन् । फ्रेन्च फुटबल महासंघलाई उद्धृत गर्दै रोयटर्सले तयार पारेको रिपोर्टमा डेसच्याम्प्सले सम्झौता नवीकरण गर्न नचाहेको उल्लेख छ । 

डेसच्याम्प्सको सम्झौता अर्को विश्वकपपछिसम्म चल्छ । ५६ वर्षीय डेसच्याम्प्सले सन् २०१२ मा फ्रान्सको राष्ट्रिय टिमको प्रशिक्षको जिम्मेवारी लिएका थिए । घरेलु मैदानमा युरोपियन च्याम्पियनसिपको फाइनलमा पुगेको दुई वर्षपछि डेसच्याम्प्सले फ्रान्सलाई २०१८ मा विश्वकपको उपाधि दिलाएका थिए । 

खेलाडी र प्रशिक्षकका रूपमा फुटबलको सबैभन्दा प्रतिष्ठित पुरस्कार जित्ने तीन जनामध्ये एक डेसच्याम्प्स फ्रान्सका पूर्व कप्तान समेत हुन् । उनले आफ्नो टोलीलाई २०२२ मा विश्वकपको फाइनलमा पनि पुर्‍याएका थिए । जहाँ फ्रान्स अर्जेन्टिनासँग पेनाल्टीमा पराजित भएको थियो ।



Enter Kantipur TV HD
Advertisement