आजका मुख्य समाचार,
* समयमा उपचार नपाएर सुत्केरी र नवजात शिशुले ज्यान गुमाउँदा पनि सरकार रमिते / विपन्नको उपचारका लागि छुट्याइएको रकममा समेत पहुँचवालाको रजाइँ ।
* प्रधानमन्त्री ओलीको अध्यादेश मोहले संसद्को विधेयक अधिवेशन अझै अन्योलमा / दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन कांग्रेसलाई फकाउँदै / सरकार डराएको विपक्षीको दाबी ।
* समस्यामा परेका ऋणीलाई सहजीकरण गर्न सरकारलाई उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव / नयाँ ठेक्का नलगाउन र उधारो नियमन गर्ने कानुन बनाउन प्रस्ताव ।
* भीषण आगलागीपछि अमेरिकाको लस एन्जलसमा आपतकाल घोषणा / ३० हजार मानिस विस्थापित / दक्षिणी क्षेत्रमा भने आँधीका कारण भारी हिमपात र वर्षाको चेतावनी ।
* जय ट्रफी मेन्स एलिट कपमा पहिलो दिन बागमती प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लबको अग्रता / मधेशमाथि पुलिस बलियो स्थितिमा रहँदा कुशल भुर्तेलको अर्धशतक ।