काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरमाथि दुई खेलको प्रतिबन्ध लगाइएको छ । शुक्रबार भ्यालेन्सियामा भएको ला लिगा खेलका दौरान भ्यालेन्सिया विरुद्ध हिंसात्मक आचरण देखाएको भन्दै स्पेनिस एफएले भिनिसियसमाथि दुई खेलको प्रतिबन्ध लगाएको हो ।
सो खेल रियलले २-१ ले जितको थियो । ७९औं मिनेटमा रियल १-० ले पछि परेको अवस्थामा भिनिसियसले भ्यालेन्सियाका गोलकिपर स्टोले दिमित्रीभस्कीलाई थप्पड हानेका थिए । भ्यालेन्सियाको अपिलपछि स्पेनिस एफएले ब्राजिलियन स्ट्राइकरलाई दुई लिग खेलहरूका लागि निलम्बन गरेको हो ।