काठमाडौं । अत्यधिक चिसो र शीतलहरले तराई मधेश प्रदेशको जनजीवन कष्टकर बनेको छ ।
मध्य पुससम्म खासै जाडो अनुभव नभएको तराईमा अहिले एक्कासी चलेको शीतलहरले घरबाहिर निस्कनै मुस्किल छ । दैनिक काम गरी गुजारा गर्ने मजदुर किसान अनि विद्यालय जानुपर्ने विद्यार्थीलाई सास्ती छ ।
धेरै विद्यालयले यतिखेर चिसोबाट जोगिन छुट्टि दिएका छन् । शीतलहरले सहक र हवाइ यातायातसमेत प्रभावित भएका छन् ।
कान्तिपुर समाचारका लागि जिल्ला सहकर्मीहरुले तयार पारेको यो रिपोर्ट हेर्नुहोसः